दलितसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन | Khabarhub Khabarhub

दलितसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्था आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलपछि अध्यक्ष दाहालले कार्यान्वयनका लागि मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 
 
प्रतिवेदनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएकाले दलितको हक कार्यान्वयन गर्न विकास, आर्थिक मामिला तथा सुशासन समितिले निर्देशन दिएकाले कार्यान्वयन गरिने बताए । 

दलित प्राधिकरण विधेयक चालु अधिवेशनमै पेस गर्न निर्देशन प्राप्त भएकाले त्यसै अनुसार गर्ने तयारी भइरहेको पनि उनले जानकारी गराए । 

विधेयकको मस्यौदालगायत दस्तावेज सहमतिका लागि राष्ट्रिय दलित आयोगमा पठाइएको पनि मन्त्री गुप्ताले बताए । प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसद नारायणदत्त मिश्रले जन्मले सबै शूद्र र संस्कारले ब्राह्मणलगायत जात हुने वेदको वचन भएकाले जातीय व्यवस्थाका बारेमा कामका आधारमा पुनर्परिभाषित गर्नुपर्नेमा जोड दिए  । 

सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतले तीन महिनाभित्र बनाउन भनेको कानुन पनि अझै बन्न नसकेकाले दलित समुदायको विकासका लागि प्रतिवेदन पेस गरिएको बताए । सांसद कृष्ण अधिकारीले राष्ट्रिय दलित प्राधिकरण विधेयक छिटो ल्याउन माग गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५९ बजे

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता