द्वन्द्वपीडितका कुरा सुन्दै प्रधानमन्त्रीले भने- एमाले नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको छ « Khabarhub

द्वन्द्वपीडितका कुरा सुन्दै प्रधानमन्त्रीले भने- एमाले नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको छ


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्वन्द्वपीडितले दलीय भागबन्डा नभई निष्पक्ष र विश्वसनीय व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गरिनु पर्ने माग गरेका छन् । आइतबार प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका संघसंस्थाले प्रतिनिधिमूलक भेट गर्दै सिफारिस समितिसँग चित्त नबुझेको गुनासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले सिफारिस समितिले पीडितसँग परामर्श नगरेको बताए । पीडितसमक्ष प्रधानमन्त्री ओलीले आफूले द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएको बताए ।

‘मलाई पीडितहरूसँग खेल्नु, छक्याउनु र अल्मल्याउनु छैन,’ प्रधानमन्त्री ओलीले भने । उनले शान्तिका पक्षमा लाग्दालाग्दै एमाले नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको बताए ।

‘हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ । त्यसबेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन् । पीडक पनि त्यहीँभित्र छन् । देशै पीडित छ । अब यस्ता शृङ्खला सँधैका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो ।’ प्रधानमन्त्री ओलीले भने । उनले सरकारलाई विश्वास गर्न आग्रह गरे ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।

भेटका अवसरमा प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।

द्वन्द्वकालीन बलात्कारको मुद्दामा माफी हुँदैन : प्रधानमन्त्री

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५८ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको