ब्राउन सुगर समाउन झापामा प्रहरीले चलायो गोली | Khabarhub Khabarhub

ब्राउन सुगर समाउन झापामा प्रहरीले चलायो गोली


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

झापा– लागूऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ । 

कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो । 

बिआर ३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए । मोटरसाइकलबाट प्रहरीले २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ । 

‘मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भागेपछि गोली चलाइएको हो, ती कारोबार अहिले फरार छन्,’ उनले भने, ‘लागूऔषध र मोटरसाइकल बाटोमै छोडेर भागेका छन्। उनको खोजी भइरहेको छ।’

कारोबारी भागेपछि थ्री नट थ्री राइफलबाट प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । -न्युजकारखाना

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ११ बजे

स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छनोट

काठमाडौं – यस आर्थिक वर्षमा युवाहरुले सञ्चालन गरेका ६६१ परियोजना

बालेनले भने : सबै मिलेर रोजगारीका सम्भावना खोज्नुपर्छ

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग

ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा

‘प्रजातान्त्रिक समाजवाद’ को विकल्प खोज्दै गगन थापा

काठमाडौं– नेपालको ७५ वर्ष पुरानो पार्टी नेपाली कांग्रेसले वीपी कोइरालाद्वारा

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा – विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा