गण्डकीको आर्थिक र पर्यटन विकासका लागि प्रधानमन्त्रीसँग परामर्श « Khabarhub

गण्डकीको आर्थिक र पर्यटन विकासका लागि प्रधानमन्त्रीसँग परामर्श


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी नेतृत्वको टोलीले प्रदेशको समग्र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । 

आर्थिक तथा पर्यटन पूर्वाधारको विकाससम्बन्धी विभिन्न प्रस्तावका बारेमा अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार राति परामर्श गरेको हो । 

भेटमा टोलीले प्रदेशको दीर्घकालीन विकासका लागि आवश्यक विषयहरूमा प्रधानमन्त्रीलाई जानकारी गराएको हो ।

भेटमा गण्डकी प्रदेशका कृषि, उद्योग, पर्यटन तथा व्यापार विस्तारका लागि लोकमार्गसँगै रहेका मर्स्याङ्दी, मादी र कालीगण्डकी नदी उपत्यकामा विशेष आर्थिक केन्द्रहरू स्थापना तथा सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो ।

त्यस्तै, पोखरामा अन्तर्राष्ट्रिय सूचना, प्रदर्शनी तथा सम्मेलन केन्द्र निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्न आवश्यक पहल, कोरोला–त्रिवेणी–रुइला पास (उत्तर–दक्षिण) नाका खोल्ने तथा वैदेशिक व्यापारका लागि पूर्वाधार निर्माणका विषयमा पनि परामर्श भएको प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष श्रीकान्त खतिवडाले बताए । 

यसैगरी, हिमालपारिका जिल्लाहरूमा कृषि तथा जडीबुटी उत्पादन, प्रशोधन तथा पशुपालनका विशेष कार्यक्रम सञ्चालन गर्ने, प्रस्तावित पुँडीटार र लौकाहा खोला औद्योगिक क्षेत्र निर्माण गर्ने, साथै फेवा ताललगायतका तालहरूको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रस्ताव राखिएको थियो ।

पोखरालाई शिक्षा, स्वास्थ्य, खेलकुद तथा माइस टुरिज्मको केन्द्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको मागसमेत प्रस्तुत गरिएको थियो । गण्डकी प्रदेशलाई समृद्ध बनाउने उद्देश्यले प्रस्तुत गरिएका यी प्रस्तावहरूमा प्रधानमन्त्रीले सकारात्मक ध्यान दिने आश्वासन दिएको टोलीले जनाएको छ ।

टोलीमा प्रतिनिधि समा सदस्य दामोदर बैरागी, प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष श्रीकान्त खतिवडा, पर्यटन व्यवसायी वासु त्रिपाठी, हरि शर्मा गैरे लगायत सहभागी थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ०२ बजे

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय