बामदेवले भने- व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्छ  « Khabarhub

बामदेवले भने- व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्छ 


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य बामदेव गौतमले मुलुकको अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्ने बताएका छन् ।  

सोमबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा गौतमले फेरि पनि गद्दीमा बस्न खोज्नेहरूले विभिन्न षडयन्त्र गर्न खोजेको भन्दै अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्ने बताएका हुन् । 

गौतमले अहिले देशमा आन्दोलन नै आन्दोलन भइरहेको अवस्थामा त्यसलाई सामना गर्न प्रकाशज्योतिको कुनै शब्द नीति तथा कार्यक्रममा आफूले नपाएको तर्क गरे । 

उनले चारैतिर भ्रष्टाचार भएकाले विश्वमा नै नेपालको बदनाम हुन पुगेको अवस्थामा भ्रष्टाचारलाई समाप्त गर्ने अभियान नीति तथा कार्यक्रममा आउन नसकेको समेत धारणा राखे ।

उनले संविधानमा उल्लेख समाजवाद भन्दा अन्य व्यवस्थामा जान नसकिने जिकिर गरे । सरकारको नीति तथा कार्यक्रमलाई आफूले आलोचनात्मक समर्थन गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ४० बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,