नगरपालिकाको खर्च– चिया पिउँदा ३० लाख सकियो ! « Khabarhub

नगरपालिकाको खर्च– चिया पिउँदा ३० लाख सकियो !


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– केन्द्रिकृत राज्य प्रणालीलाई  विकेन्द्रीकरण गरिएपछि स्थानीयको घरदैलोमै राज्यको सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका स्थानीय तहका जनप्रतिनिधि सेवा प्रवाहभन्दा जथाभावी खर्चमा बढी केन्द्रित भएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी गर्ने खर्चका कारण स्थानीय जनता पनि निराश हुँदै गएका छन् । ‘गाउँ गाउँमा सिंहदबार’ भनेर चित्रित गर्न खोजिएका स्थानीय तहमा बढ्दो जथाभावी खर्चको उदाहरण बैतडीको मैलौली नगरपालिकामा पनि देखिएको छ ।

मेलौली नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको पारिश्रमिक, भत्ता र खाजा तथा खानामा मात्रै २ करोड खर्च गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाको कूल पूँजीगत बजेट ११ करोड रहेकोमा झण्डै २ करोड रुपैयाँ जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता तथा खाना र खाजामा खर्च भएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले १ वर्षमा ३० लाख रुपैयाँको चिया मात्रै पिएका छन् ।

नगरपालिकाले चिया–नास्ता शीर्षकमा ३० लाख रुपैयाँ खर्च भएको देखाएको छ ।

नगरपालिकाको कूल ११ करोडमध्ये गत वर्ष १० करोड बढी बजेट खर्च भएको थियो । तर, पूँजीगत खर्च भएका धेरै आयोजनामा अस्वभाविक मूल्याङ्कन र अनियमितता भएको स्थानीयको आरोप छ ।

नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माणमा २ करोड खर्च गरेको जनाइएको छ । तर, उक्त भवनको निर्माण कार्य अझै सकिएको छैन । यस्तै, सडक र पुल निर्माणमा २ करोड ७० लाख खर्च भएको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ४३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी