आज २०८२ साल वैशाख २३ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख २३ गते मंगलबारको राशिफल


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २३ गते मंगलबार। वैशाख शुक्ल पक्षको नवमी तिथि। सीता जयन्ती। तदनुसार सन् २०२५ मे ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ।

वृष : धन प्राप्ति हुने दिन छ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्त र साथीको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नेपर्ने दिन छ। नयाँ खबरले मनमा उत्साह थपिनेछ। आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। आफ्ना बोलीका कारण बन्न लागेको काम बिग्रिन सक्छ। सोचेर बोल्नु पर्नेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : मन खुशी हुनेछ। सोचेका काम बन्नेछन्। अढैया शनिको कारणले साथीसँग कुरा नमिल्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा हरेक काममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्तको मौका मिल्नेछ। कृषि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

तुला : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। महत्त्वपूर्ण काम गर्नु अगाडि सामूहिक निर्णय गर्दा राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

विश्चिक : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मन शान्त बन्नेछ। गोप्य कुरा आफूभित्र मात्र राख्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा मन जानेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आइपर्न सक्छ।

मकर : दिन राम्रो छ। विकासमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले तपाईंलाई सहयोग गर्नेछन्। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ।

कुम्भ : मनमा खुशी मिल्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। मन अशान्त र खटपटी बढ्ने जोखिम छ। विपक्षी साथीको आवाज चर्को बन्दै जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ०४ बजे

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक