आईएफजे उपाध्यक्ष भन्छिन्- डिजिटल ऐनबारे आवाज उठाउने बेला आइसक्यो | Khabarhub Khabarhub

आईएफजे उपाध्यक्ष भन्छिन्- डिजिटल ऐनबारे आवाज उठाउने बेला आइसक्यो


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) उपाध्यक्ष सबिना इन्दरजितले नेपाली पत्रकारहरूको अभिव्यक्ति स्वतन्त्रताका लागि उठाउने आवाजका लागि आईएफजे सधैँ साथमा रहने बताएकी छन् । 

सोमबार नेपाल प्रेस युनियनको केन्द्रीय कार्यायलयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उपाध्यक्ष इन्दरजितले नेपाली पत्रकारले अब डिजिटल ऐनको बारेमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । ‘प्रविधिले फड्को मारिरहेको अवस्थामा अब नेपाली पत्रकारहरूले डिजिटल ऐन/कानुनमा लबिइङ गर्ने बेला आइसकेको छ। यसबारेमा सचेत र आवाज उठाउनुपर्ने समय आइसक्यो जस्तो लाग्यो।’ 

उनले अहिले पत्रकारहरू नेपालमा मात्र हवयन विश्वभर नै असुरक्षित रहेको भन्दै आफ्नो आवाज आफैँले उठाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हामी पत्रकारहरू खाली अरूको लागि मात्रै आवाज बोलिदिन्छौँ। अब आफ्नो लागि पनि आवाज उठाउनुपर्छ।’ 

यस्तै उनले प्रेस अभिव्यक्ति स्वतन्त्रताका बारेमा आफूले आईएफजेमा बसेर पहल गर्ने प्रतिविद्धतासमेत व्यक्त गरिन् । 
‘तपाईँहरूले आवाज उठाउनुभएपछि मैले त्यहाँ रहेर पत्रकारहरूको पक्षमा पहल गर्न मद्दत गर्नेछु। हामी पत्रकारहरू हक र अधिकारको बारेमा सधैँ सजक र सचेत हुनु जरुरी छ,’ उनले भनिन् ।

यस्तै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनले चाँडै नै नेपाली प्रेसमाथि भएको आक्रमणका घटनाबारे समेटिएको रिपोर्ट सार्वजनिक गर्ने बताए । 

उनले भने, ‘हामीले चाँडैले नेपाली पत्रकारहरूमाथि भएको आक्रमणको घटनाबारे समेटिएको रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छौं। आईएफजेले पनि साथ दियोस् भन्ने चाहन्छु।’

पछिल्लो २ वर्षयता नेपाली पत्रकारितामाथि राज्‍यबाटै बारम्बार आक्रमणको प्रयास र प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठित हुने काम भइरहेको उनको भनाइ थियो । 

अध्यक्ष लम्सालले लोमाङथाङमा हुने अन्तर्राष्ट्रिय मिडिया समिटमा आउन आईएफजेकी उपाध्यक्षलाई निम्ता समेत दिएका थिए । 

आईएफजेकी उपाध्यक्षलाई नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, उपाध्यक्ष सलोजा दाहाल, ऋषिकान्त पौडेल, महासचिव  दिलीप पौडेललगायतले खादा र माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : १४ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै