आज २०८२ साल वैशाख २४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २४ गते बुधबारको राशिफल


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २४ गते बुधबार। वैशाख शुक्ल पक्षको दशमी तिथि। राष्ट्रिय पत्रकारिता दिवस । किरात समाज सुधार दिवस। तदनुसार सन् २०२५ मे ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुको सेवा गरेमा ठूलो उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजमा सम्मान प्रप्त गर्ने योग छ।

वृष : तपाईंका लागि दिन राम्रो छ। तपाईंले बनाएका योजना सफल हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले मन तान्ने देखिन्छ।

मिथुन : राज्यको तर्फबाट त्रास बढ्ने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्नेछ। जुनसुकै क्षेत्रमा मिहिनेत धेरै गर्दामात्र सफलता मिल्नेछ। सामाजिक क्षेत्र विवाद हुने जोखिम छ।

कर्कट : फलफूलको व्यापारबाट फाइदा हुनेछ। आज समाजले तपाईंलाई सम्मान गर्नेछ। पारिवारिकसँगको भेटले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। दैनिक काममा परिवारको बोझ थपिनेछ। आज तपाईंले जुनसुकै काम गर्दा पनि मिहिनेत गर्नुपर्ने छ। परिवारमा वादविवाद हुनसक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। ग्रह अनुकुल रहेका छन्। अप्ठेरो अवस्थामा विपक्षीलाई सँगसँगै लिएर काम गर्नु राम्रो हुनेछ। पारिवासँगको सम्बन्धमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : विरोधीसँग सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ। अन्य क्षेत्रमा संकट भए पनि स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने छ। पुराना योजना सफल बन्नेछन्। विपक्षीले असहयोग गर्ने भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।

धनु : दिन समान्य छ। ठुलो योजना सुरु नगर्नु राम्रो हुनेछ। गुरुसँग सल्लाह लिएर शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। आफूले आफूलाई नै मूल्यांकन गर्नु राम्रो हुनेछ। ग्रह प्रतिकुल रहेकाले काम गर्दा सकारात्मक हुनुपर्ने छ। परिवारमा थोरै बोल्दा आफ्नो जित हुनेछ।

कुम्भ : थोरै बोलेर मिहिनेत धेरै गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा लगानी भए राम्रो उपलब्धि प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको श्रमबाट फाइदा हुनेछ।

मीन : धार्मिक कार्यमा सहभागी भएर दैनिक काम गर्नु राम्रो हुनेछ। पुरानो लगानी भए शिक्षा र स्वास्थ्यमा ठुलो उपलब्धि हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहला।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ०६ बजे

युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ : थाइल्यान्ड

बै‌ङ्कक- थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडपपछि दुई राष्ट्रबीच

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले