भारतीय शीर्ष कूटनीतिज्ञलाई बोलाएर के भन्यो पाकिस्तानले ? « Khabarhub

भारतीय शीर्ष कूटनीतिज्ञलाई बोलाएर के भन्यो पाकिस्तानले ?


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले भारतका एक शीर्ष कूटनीतिज्ञलाई बोलाएर भारतले गरेको हवाई आक्रमणको विरोध गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बयान जारी गर्दै भारतका एक शीर्ष कूटनीतिज्ञलाई बोलाएर गएराति पाकिस्तानमा गरिएको हवाई आक्रमणको विरोध गरेको हो ।

पाकिस्तानले एक शीर्ष भारतीय कूटनीतिज्ञलाई बोलाएर भारतको हवाई आक्रमणप्रति कडा विरोध दर्ज गरेको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार प्रकाशित छ । बयानमा आक्रमणबाट महिला र बालबालिकासहित कयौँ नागरिक मारिएको उल्लेख छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय कूटनीतिज्ञसँग हवाई आक्रमण पाकिस्तानको सम्प्रभुताको स्पष्ट उल्लंघन भएको बताएको छ ।

पाकिस्तानले आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशबीचको सम्बन्धलाई नियन्त्रण गर्ने परम्पराको पनि उल्लंघन भनेको छ ।

बयानमा पाकिस्तानले भारतलाई यस प्रकारको गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गर्ने चेतावनीसमेत दिइएको बीबीसीले जनाएको छ ।

समाचारमा पाकिस्तानी विदेश मन्त्रालयले बोलाएका ती भारतीय कूटनीतिज्ञको नाम भने खुलाइएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ०२ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको