सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगरानी बढाइने | Khabarhub Khabarhub

सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगरानी बढाइने


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो ।
 
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको  विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।
 
मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए।
 
 भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।  

‘आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ’, प्रवक्ता तिवारीले भने, ‘सीमानाकादेखि विमानस्थलसम्मको  सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा  बैठकमा छलफल भएको छ ।’
 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ४० बजे

जाजरकोट कारागारमा थुनुवा मृत फेला

सुर्खेत– जाजरकोट कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्

नयाँ दिल्ली- भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि

सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन

९ महिनाअघि १०० मा पाइने सामानको भाउ बढेर १०३ रुपैयाँ ३९ पैसा पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अर्थात चैत