‘भान्सादेखि संसद्सम्म महिला-पुरुष समान सहभागिता चाहिन्छ’ « Khabarhub

‘भान्सादेखि संसद्सम्म महिला-पुरुष समान सहभागिता चाहिन्छ’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लैङगिक समानताको लागि महिला र पुरुषको सहभागिता संसद्देखि भान्सासम्म समान हुनुपर्ने पूर्वपरराष्ट्रमन्त्री डा.विमला राई पौडेलले बताएकी छिन् ।  

मंगलबार मिडिया एडभोकेसी ग्प (म्याक) ले आयोजना गरेको ‘नेपालको भूराजनीतिक र भू-आर्थिक बहसमा लैङ्गिक समान दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले महिलावादको अर्थ बुझेर काम गर्नुपर्ने बताएकी हुन् ।

‘महिलाहरु पछाडि परेका छन् । उनीहरूको प्रतिनिधित्व बढाउनुपर्छ । उनीहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने ‘न्यायको पक्ष’ हो । तर, भूराजनीतिक र भू-आर्थिकको कुरा गर्ने हो भने न्यायसँगै महिलाको क्षमता, चेत र सीपको सदुपयोग गर्न सक्नुपर्छ, उनी थप्छिन्, ‘महिला र पुरुष दुवैको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्नुपर्छ । महिलालाई ‘विचरा’ भन्ने भावनाले मात्रै नहेरौँ । महिलाको क्षमता र सीपलाई अर्थसँग जोडौँ ।’

साथै, कार्यक्रममा विदेश नीतिमा महिलाको उपस्थितिले ठूला युद्धको अन्त्य हुने पौडेलले बताइन् । 

‘अहिले विश्वमा ठुला युद्ध भइरहेको छ । नेतृत्वमा यदि महिलाहरू हुन्थे भने युद्ध हुने थिएन । विदेश नीतिमा महिला र पुरुषको सहभागिता बराबर देखि थाल्यो भने विदेश नीति निकै बलियो हुन्छ । वार्तामार्फत सजिलै समाधान निकाल्न महिला माहिर हुन्छन् । महिलाहरूमा यो गुण प्राकृतिक हुन्छ ।’ 

‘अर्काको घरमा गएर जिन्दगीभर बस्न सक्छन् । पुरुष अर्काको घरमा गएर एक दिन बस्न सक्छ रु सक्दैन । पराईसँग मिलेर बस्न र परिवारलाई मिलाएर राख्न महिलाले निभाएको भूमिकालाई विदेश नीतिसँग जोडियो भने कति राम्रो हुन्छ । ग्रामीण अर्थतन्त्रलाई धान्ने महिला छन् । अनौपचारिक क्षेत्रमा काम गरेर उनीहरूले धेरैलाई बचाएका छन्, उनले भनिन् । 
भूराजनीतिक र भू-आर्थिकमा केका लागि सहभागिता चाहिएको स्पष्ट हुनुपर्ने नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बताए । 

कार्यक्रममा बोल्दै उनले भने, ‘संसद्मा महिलाको एकतिहाइ उपस्थिति भन्दा ग्रामीण क्षेत्रका महिलाहरूको समग्र विकास महत्वपूर्ण हो । महिला नै मन्त्री हुनुपर्छ भन्ने कुरामा स्वार्थ छ । महिलाको समग्र विकास भन्ने हुनुपर्छ । भौतिक विकाससँगै महिला सशक्तिकरणको पाटोमा जोड सबै क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्छ ।’ 

त्यसैगरी रिजालले युएसएडको सहयोग कटौती भएपछाडि अब कसरी परिपूर्ति गर्न नीति बनाउन आवश्यक रहेको औँल्याए । ‘राम्रो सहयोग आउने कृषि, शिक्षा र केही स्वास्थ्यको क्षेत्र एमसीसीको परियोजना बन्द हुँदा बिजुली उत्पादनमा कमी हुन्छ । महिलाहरूले दाउराको चुल्हो बाल्नुपर्ने अवस्था रहिरहन्छ । युरोपियन सहायत काट्यो भने हामी कुन आधारमा खर्च जुटाउन सकिन्छ ।’ 
त्यसैगरी पूर्वराजदूत डा। शर्मिला पराजुली ढकालले भूराजनीतिमा महिला र पुरुष लिङ्ग केन्द्रित संरचना भएको खण्डन गरेकी छन् । 

‘महिलामा कूटनितिको अभाव व्यापक छ । प्रवासिय र प्रवासिय रोजगारीमा गएका महिलाको सुरक्षाको निम्ति चुनौती छ । चीन बजारअर्थतन्त्रबाट अगाडि बढिरहेको छ । बजार अर्थसँगसँग महिलालाई जोड्न सकिएको छैन । जसले महिलाई परनिर्भर बनाइरहेको छ ।’

‘महिलामा वैदेशिक रोजगारमा गएका महिलाहरू महिनामा ३० देखि ३५ जनसम्म उद्धार गर्नुपर्ने हुन्थ्यो । संघसंस्था कम छन् । थोरै जनशक्तिबाट पनि राम्रो कसरी गर्न सकिन्छ भनेर काम गर्यौ, पराजुली थप्छिन्, ‘महिला भएर मात्रै होइन मानव भएर काम गर्नु अहिलेको समयको सान्दर्भिक हुन्छ । महिलाहरू राजदूत हुँदा न्याय निरुपण उद्धार लगायतका धेरै कामहरु छिटो छरितो हुन्छ ।’

साथै, उनले परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र राजदूत एक भएर काम नगर्दासम्म प्रवासमा रहेकाहरुका लागि काम गर्न सहज नहुने बताइन् 

त्यसैगरी कार्यक्रमका अर्को वक्ता वरिष्ठ सम्पादक प्रतिक प्रधानले लैङगिकताको विषय मिडियाले समेत अझै बुझ्न नसकेको आरोप लगाएका छन् ।

‘लैङगिकता सोच हो वा लिङ्ग हो ? उनी प्रश्न गर्छन् ‘हामीले कसरी बुझिरहेका छौ । महिलाको संख्या बढी हुनुपर्छ कि महिलाको विषय बुझेको मान्छेको संख्या हुनुपर्छ । नागरिकताको विषयमा महिलाहरू अप्ठ्यारोमा छन् । विदेश जाँदा एक पुरुष अभिभावक चाहिने, एक्लै जान नसक्ने अवस्था छ । यी सबै कुराको निर्णय गर्न नेतृत्वले सकिरहेको छैन ।’ 

‘महिलालाई लिङको रुपमा नबुझेर संख्याको रुपमा बुझ्छौ । यसले नै समस्या सधै रहिरहन्छ । महिला होइन, मानवताको हिसाबले सोचौ न । लैङगिकता व्यक्ति होइन, दृष्टिकोण भनेर नबुझ्दासम्म लैङ्गिक समानताको बहसको अर्थ रहन्न, उनले भने ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ३७ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८