इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको मध्य जाभा प्रान्तमा आज बिहान एक दुःखद दुर्घटना भएको छ, जहाँ बालुवा बोकिरहेको ट्रक र सानो बस आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

सिलाकाप जिल्लास्थित खोज तथा उद्धार कार्यालयका प्रमुख अब्दुल्लाहका अनुसार यो दुर्घटना बिहान करिब ११ः३० बजे बेनेर उपजिल्लाको कालिजाम्बे गाउँमा भएको हो ।

उनका अनुसार ट्रक उकालो चढ्ने क्रममा असफल भएपछि ब्रेक फेल भई पछाडि सर्‍यो र सानो बसमा ठोक्किएर त्यसपछि नजिकैको एक घरमा ठोक्किएको थियो ।

‘घटनापछि हाम्रो टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गर्‍यो,’ अब्दुल्लाहले बताए, ‘मृतक सबै जना सानो बसमा सवार यात्रुहरू थिए ।’

घाइते पाँचै जनाको उपचारका लागि पुरवोरेजो सामान्य अस्पतालमा लगिएको जानकारी पनि उनले दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ५० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं