काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौं फर्काइयो | Khabarhub Khabarhub

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौं फर्काइयो


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– यहाँको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । 

स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए । उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो । 

यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए । एक सय ४० जना शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरु उक्त ठाउँ छाडेर लसुनटार  फर्किएका थिए । 

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ । 
 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ५६ बजे

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र