इङ्ग्लीस प्रिमियर लिग : युनाइटेडसँग अंक बाडेको लिभरपुलले लियो साँघुरो अग्रता « Khabarhub

इङ्ग्लीस प्रिमियर लिग : युनाइटेडसँग अंक बाडेको लिभरपुलले लियो साँघुरो अग्रता


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इङ्ग्लीस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर युनाइटेडसँग बराबरी खेले पछि लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । वल्र्ड ट्राफोडमा भएको खेलमा लिभरपुलले घरेलु टोलीसँग बराबरी खेल्यो ।

लिगमा २७ खेल खेलेको म्यानचेस्टर सिटी र २६ खेल खेलेको लिभरपुलको समान ६५ अंक रहेको थियो । त्यस्तै, युनाइटेडसँग २७ औं खेलमा अंकबाडेपछि लिभरपुल ६६ अंकसहित दोस्रो स्थानको सिटीसँग १ अंककोे साँघुरो अग्रता बनाएको हो ।

युनाइटेडलाई आइतबार राति भएको अर्को खेलमा आर्सनलले साउथ ह्यामटनलाई पराजित गर्दै शीर्ष चौथो स्थानमा उक्लिएपछि पाँचौ स्थानमा झरेको हो ।

ओले गनर सोल्सायर आएपछि लगातार जीत निकाल्दै प्रिमियर लिगमा स्तर सुधारेको युनाइटेडका लागि आइतबारको खेलमा खेलाडी इनजुरीले सताएको बीबीसीले उल्लेखगरेको छ । जसमा युनाइटेडले खेलको २५ औं मिनेटमा जेसस लिङ्गार्ड घाइते भएपछि विजारे मैदान प्रवेश गरेका थिए ।

त्यस्तै, लिभरपुलका लागि युनाइटेडका गोलकिपर डेभिड डे गियाले रोक्दा गोल हुननसकेको उल्लेख गरिएको छ । लिभरपुलसँग अंक बाडेको युनाइटेडको ५२ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : १२ बजे

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण