आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। रेडक्रस दिवस। तदनुसार सन् २०२५ मे ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने देखिन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेका काम बन्नेछन्। वैदेशिक रोजगारीका क्षेत्रमा भने सोच्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। आम्दानीका दृष्टिले व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : व्यापारमा सहकार्य गरे फाइदा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। संकटमा आफन्तको साथ प्राप्त हुँदा काम सहजै बन्नेछन्।

सिंह : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। मन अशान्त बन्नेछ।

कन्या : बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ।

तुला : सोचेका काममा अवरोध सिर्जना हुनेछ। तपाईंले गरेको श्रमको मूल्यांकन नहुँदा मन अशान्त बन्नेछ। विपक्षी साथी शान्त भएकाले कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : शिक्षाका क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। विपक्षी साथीलेसमेत तपाईंसँग परामर्श लिनेछन्। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : मनमा रहेका शंका समाधान हुनेछन्। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। प्राविधिक क्षेत्रको लगानीबाट नाफा आर्जन हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले कम बोल्नु फाइदाजनक हुनेछ।

मकर : दिन राम्रो छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछन्। शिक्षाका क्षेत्रमा लगानी गर्न हिम्मत गर्नुपर्नेछ।

कुम्भ : मनमा खटपटी बढ्नेछ। विपक्षी साथीबाट लाभ हुनसक्ने योग छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। काममा ढिलासुस्ती हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नुपर्ने समय छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ०२ बजे

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय