चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो | Khabarhub Khabarhub

चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता कलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

आईपीएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना कलकताका लागि गणितीय रूपमा बाँकी रहे पनि व्यवहारिक रूपमा लगभग अन्त्य भएको छ । बुधवार इडेन गार्डेनमा भएको खेलमा यसअघि नै पहिलो चरणबाट बाहिरिएको चेन्नईले कलकतालाई दुई विकेटले हराएको हो । कलकताले दिएको १८० रनको लक्ष्य पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा ८ विकेटको क्षतिमा १८३ रन जोडेको हो ।

तस्बिर : बिसीसीआई

६० रनमा ५ विकेट गुमाएको चेन्नईलाई खेलमा फर्काउने क्रममा डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे ।

कलकत्ताका वैभव आरोहाले तीन विकेट लिए पनि तीन ओभरमा ४८ रन खर्चे । वरुण चक्रवर्तीले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । हर्षित रानाले दुई विकेट लिने क्रममा चार ओभरमा ४३ रन खर्चिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कलकताले ६ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । कलकताका लागि कप्तान अजान्के रहानेले ४८, आन्द्रे रसेलले २१ बलमा ३८, मनिस पाण्डेले अविजित रहँदै २८ बलमा २६ तथा सुनिल नारायणले २६ रन जोडे । २०० रन भन्दा माथिको आँकडामा अघि बढेको कलकतालाई रोक्ने क्रममा नुर अहमदले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।

कलकता १२ खेलमा ११ अङ्क सहित छैटौँ स्थानमा छ । चेन्नाई भने ६ अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : २५ बजे

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा