राजावादीले आज आन्दोलनको घोषणा गर्दै « Khabarhub

राजावादीले आज आन्दोलनको घोषणा गर्दै


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आज (बिहीबार) आन्दोलनको घोषणा गर्दैछ ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे हुने घोषणासभामा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (वीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत हिन्दूवादीलगायत ५० बढी संघसंस्थाको सहभागिता रहने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनले भने, ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ ।’ 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राजावादी दल तथा विभिन्न संघसंगठनले माग गर्दै आएका छन् ।

राजसंस्था पुनस्थापना र हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति, राप्रपा, राप्रपा नेपाललगायतले छुट्टाछुट्टै तथा संयुक्त आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ८ : ३३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका