कुष्ठरोग निवारणलाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री « Khabarhub

कुष्ठरोग निवारणलाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार आयोजित  ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए ।

उनले पहिला–पहिला पाचनप्रणाली राम्रो होस् भनेर आशीर्वाद दिइने गरेको  प्रसङ्ग उल्लेख गर्दै आहारविहार र हेरचाहलाई विशेष ध्यान दिइ जीवन पद्धतिलाई सही ढङ्गबाट अघि बढाउने हो भने स्वास्थ्य रहन सकिने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पञ्चायतकालमा गोलघरमा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानूनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले कुष्ठरोगजस्ता सङ्क्रामक रोग लागेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमा सञ्चालन गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारका रोग लुकाउन नहुने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १२ : १८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका