क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्छौँ : मनिष झा « Khabarhub

क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्छौँ : मनिष झा


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणका लागि डीपीआर समेत भइसकेको अवस्थामा यसलाई अगाडि बढाउन ढिलाई भएको भन्दै अव पनि व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

लक्ष्मण कुटीको नाममा रहेको १७ बिघा जमिनमा रङ्गशालाको डीपीआर गरि साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रङ्गशालाको परिकल्पना भएपनि अघि बढाउन ढिलाई गरिएको उनले बताए ।

उनले खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर ४९ लाख ६० हजार बनाइएको भन्दै आपत्ति जनाए ।

यसमा समृद्ध विचौलिया, समृद्ध दलाल छिरेजस्तो देखिएको भन्दै उनले जनकपुरका युवाहरूको क्रिकेट रङ्गशालाको परिकल्पनामा कुनै व्यवधान भए आन्दोलन चाँडै हुने उल्लेख गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ०२ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण