नीति तथा कार्यक्रम राष्ट्रको समस्या समाधान गर्नेतर्फ देखिएन : अर्जुननरसिंह केसी « Khabarhub

नीति तथा कार्यक्रम राष्ट्रको समस्या समाधान गर्नेतर्फ देखिएन : अर्जुननरसिंह केसी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममा जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार आउन नसकेको बताएका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा केसीले ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न नसकेको र जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउन नसकेको बताएका हुन् ।

उनले आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थिति निर्माण भइरहेको अवस्थामा सरकारको कार्यक्रम राष्ट्रको समस्या समाधान गर्ने तर्फ नदेखिएको जिकिर गरे ।

त्यस्तै सांसद केसीले सीमान्तकृत र निरपेक्ष गरिबी रेखामुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा केन्द्रित हुनुपर्ने धारणा राखे ।

मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले सिकिस्त बिरामी रहेको भन्दै केसीले भ्रष्टाचार, कुशासन, विधि विहीनता र दण्डहीनतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने कुराको प्रतिवद्धता र इच्छाशक्ति सरकारको कार्यक्रममा कम देखिएको उल्लेख गरे ।  

उनले सरकार दण्डविहीनता र भ्रष्टाचार कुशासनको संरक्षकको रुपमा रहेको भाष्य नेपाली जनतामा रहेकोमा त्यसलाई निराकरण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए  । 

केसीले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाइ पनि गर्न नसक्नुलाई कति सक्षम वा असक्षम भन्ने कुरा सरकारले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको तर्क गरे । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ३७ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को