बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना  | Khabarhub Khabarhub

बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले बीपी स्मृति अस्पताललाई ५० हजार जरिवाना तिराएको छ । अस्पतालले हानिकारक फोहर निर्मूलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहर राख्ने जस्ता लापरवाही गरेपछि महानगरले जरिवाना गरेको हो । 

कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकाले जरिवाना गरिएको महानगरले जनाएको छ । 

महानगरले दिएको जानकारी अनुसार सोमबार गुनासो दर्ता भए लगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गएका थिए । 

अनुगमनमा पुग्दा अस्पतालहरूले हानिकारक फोहर व्यवस्थापनमा गरेका लापरवाही तरिकाले राखेको भेटिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ३ : ५६ बजे

टी-२० अभ्यास: साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम टी-२० अभ्यास

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक

बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने

काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर

जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित

काठमाडौं– मुलुकमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग

सरकारलाई व्यवसायीको चुनौती: मूल्यदर र भाषा परिमार्जन नगरे इम्बोस्ड नम्बर प्लेट जडान हुँदैन  

भारतसँग जोडिएको मुग्लिन-नारायणगढ-दाउन्ने-बुटवल सडकखण्ड लामोसमयदेखि बर्खामा हिलाम्मे त हिँउदमा धुलाम्मे