गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान | Khabarhub Khabarhub

गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घसँगका विज्ञहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको ‘विनाश’ रोक्ने कार्य गर्न विश्वभरका सदस्य देशहरूलाई आह्वान गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्का विज्ञहरूले नरसंहार अन्त्य गरी प्यालेस्टिनी र इजरायली स्वतन्त्रताको सुनिश्चित गर्न कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

उनीहरूले कठोर निर्णयबाट पछि हटी निर्दोषको हत्या नगरी न्यायपूर्ण समाधानको तयारीमा लाग्न आह्नवान गर्दै विवेक र नैतिकतालाई  आत्मसाथ गरे अन्ततः न्याय प्राप्त हुने बताएका छन् । 

प्यालेस्टिनी क्षेत्रहरूमा मानव अधिकारको अवस्थाका बारेमा विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजलगायतका विज्ञहरूले चिन्ता व्यक्त गर्दै यो भयावह दृश्य ‘विश्वले हेरिरहेको’  र सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गरी मानवता विरुद्धको अपराध रोक्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।   

निरन्तरको नरसंहारले इजरायलले गाजामा अनेकौँ आक्रमणमा बाँचेका मानिसहरूलाई विस्थापन र दण्डहीनताको साथ नरसंहार गरी जीवनको विनाश जारी राखेको विज्ञहरूले उल्लेख गरेका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि बिहिबारसम्म गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ हजार ६५३ पुग्नुका साथै एक लाख १८ हजार ८९७ घाइते भएको जनाएको छ ।  

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : १० बजे

झापामा डेंगु बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान 

बनियानी– गत वैशाखयता जिल्लामा डेंगु  सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

प्रधानमन्त्रीद्वारा वृक्षरोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय वृक्षरोपण दिवसको

औद्योगिक क्षेत्र विस्तारमा कानुनी अड्चन प्रमुख बाधक : मन्त्री भण्डारी

धनगढी– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका