गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान « Khabarhub

गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घसँगका विज्ञहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको ‘विनाश’ रोक्ने कार्य गर्न विश्वभरका सदस्य देशहरूलाई आह्वान गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्का विज्ञहरूले नरसंहार अन्त्य गरी प्यालेस्टिनी र इजरायली स्वतन्त्रताको सुनिश्चित गर्न कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

उनीहरूले कठोर निर्णयबाट पछि हटी निर्दोषको हत्या नगरी न्यायपूर्ण समाधानको तयारीमा लाग्न आह्नवान गर्दै विवेक र नैतिकतालाई  आत्मसाथ गरे अन्ततः न्याय प्राप्त हुने बताएका छन् । 

प्यालेस्टिनी क्षेत्रहरूमा मानव अधिकारको अवस्थाका बारेमा विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजलगायतका विज्ञहरूले चिन्ता व्यक्त गर्दै यो भयावह दृश्य ‘विश्वले हेरिरहेको’  र सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गरी मानवता विरुद्धको अपराध रोक्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।   

निरन्तरको नरसंहारले इजरायलले गाजामा अनेकौँ आक्रमणमा बाँचेका मानिसहरूलाई विस्थापन र दण्डहीनताको साथ नरसंहार गरी जीवनको विनाश जारी राखेको विज्ञहरूले उल्लेख गरेका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि बिहिबारसम्म गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ हजार ६५३ पुग्नुका साथै एक लाख १८ हजार ८९७ घाइते भएको जनाएको छ ।  

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : १० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका