कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्ष तीन दिन हिरासतमा रहने  « Khabarhub

कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्ष तीन दिन हिरासतमा रहने 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिनको लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ।

प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल र एक व्यवसायीसँग अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बुधबार पक्राउ परेका पराजुलीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको हो।

मंगलबार महानगर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासनका अधिकृत पोख्रेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए। त्यसैदिन फुटपाथमा सामान राखेको विषयमा विवाद हुँदा उनले व्यवसायी सुवेदीसँग पनि हातपात गरेका थिए।

घटनापछि आक्रोशित भएर महानगरका कर्मचारीहरूले बुधबार सेवा प्रवाह बन्द गरेका थिए। उता, व्यवसायी सुवेदीले पराजुलीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए, जसको आधारमा उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : २४ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण