कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्ष तीन दिन हिरासतमा रहने  « Khabarhub

कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्ष तीन दिन हिरासतमा रहने 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिनको लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ।

प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल र एक व्यवसायीसँग अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बुधबार पक्राउ परेका पराजुलीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको हो।

मंगलबार महानगर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासनका अधिकृत पोख्रेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए। त्यसैदिन फुटपाथमा सामान राखेको विषयमा विवाद हुँदा उनले व्यवसायी सुवेदीसँग पनि हातपात गरेका थिए।

घटनापछि आक्रोशित भएर महानगरका कर्मचारीहरूले बुधबार सेवा प्रवाह बन्द गरेका थिए। उता, व्यवसायी सुवेदीले पराजुलीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए, जसको आधारमा उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : २४ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने