फेवातालमा डुंगा पल्टिँदा फसेका सात जनाको सकुशल उद्धार  | Khabarhub Khabarhub

फेवातालमा डुंगा पल्टिँदा फसेका सात जनाको सकुशल उद्धार 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

पोखरा -फेवातालमा आएको एक्कासि हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिँदा तालको बीच भागमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार सकुशल उद्धार गरेको छ।

बोटिङ गरिरहेका बेला आएको हावाहुरीका कारण भारतका २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रविण दीक्षित, २४ वर्षीय श्याम प्रजापति तथा पोखराकै नन्दबहादुर गुरुङ तालमा फसेका थिए।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोली परिचालित गरिएको थियो।

उद्धारपछि नन्दबहादुर गुरुङको स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। अन्य ६ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : ३८ बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित