आईपीओ विवाद : अध्यक्ष भन्छन् ‘दोस्रो बजारमा राम्रा कम्पनी जाउन् भन्नेगरी काम गरेका छौं’ | Khabarhub Khabarhub

आईपीओ विवाद : अध्यक्ष भन्छन् ‘दोस्रो बजारमा राम्रा कम्पनी जाउन् भन्नेगरी काम गरेका छौं’


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्दा कमिसन मागिएको विषय निकै चर्चामा रहेको छ । सो चर्चासँगै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत धितोपत्र बोर्डबाट आईपीओको लागि पाइपलाइनमा भएका कम्पनीको विवरण लिएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने गर्दै नगरेको विषयमा हल्ला फैलाउने काम भएको बताएका छन् । साथै, उनले आईपीओ जारी गर्ने प्रक्रिया ढिलो हुनुमा कम्पनीहरूको अवस्था विश्लेषणमा समय खर्च भइरहेको समेत बताए ।

‘यो आधारहीन, तथ्यहीन विषय हो, म आफैँ अचम्म परिरहेको छु’, उनले भने, ‘त्यस्ता जिम्मेबार मान्छेहरूले यस्ता आधारहीन आरोप कसरी लगाए ? आरोप लगाएपछि जवाफदेहिता त हुनुपर्यो नी, ल्याउनुस केही त्यस्तो छ भने मेरो गल्ति छ भने मलाई कारबाही गर्नुस्, अरूले मेरो बदनाम गर्ने काम गर्दै हिँडिरहेका छन् भने म कारबाही गर्छु ।’

आईपीओसँग कमिसनको चर्चा बढ्दै गएपछि बुधबार पियोर इनर्जी, विकास हाइड्रोपावर कम्पनी र सान्भी इनर्जी लिमिटेडले विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारहरूको खण्डन समेत गरिसकेका छन् ।

धितोपत्र बोर्डले बुधबार आईपीओ प्रक्रियामा रहेका १०६ वटा विभिन्न कम्पनीको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । २०८० असोज १२ गतेदेखि आईपीओ जारी गर्नका लागि आवेदन दिएका ती कम्पनीमध्ये अधिकांशको अवस्था अध्ययनकै क्रममा रहेको उक्त विवरणमा उल्लेख गरिएको छ ।

आईपीओ जारी गर्नका लागि स्वीकृति प्रदान गर्न ढिलाइ हुनुमा विगतमा लामो समयसम्म बोर्डको अध्यक्ष पद रिक्त हुनु, केही थप निर्देशन हुनु र निवेदनमाथिको अध्ययनमा समय लाग्नु लगायतका कारण रहेको बोर्डका अधिकारीले बताएका छन् । बोर्डका अध्यक्ष श्रेष्ठले पनि बोर्डको क्षमतादेखि 

‘अहिले बोर्डको जुन संरचना छ, यो ०७१-७२ सालबाट यत्तिकै छ, तर, हाम्रो क्यापिटल मार्केट त विगतको तुलनामा धेरै गुणाले बढेको छ, पहिलो कारण हाम्रो क्षमता हो, विगतमा केही रोकिएर पाइपलाइनमा बसेको अवस्था पनि थियो, ती बाहेक पनि कतिपय निर्देशनहरू छन् तीनलाई पनि पालना गर्नुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘संगठित संस्थाका वित्तीय प्रतिवेदनहरू राम्र्रैसँग हेर्नुपर्ने अवस्था आएको छ, जिम्मेबारी थपिएको छ, किनभने त्यसमा पहिला प्रश्न उठेको विषय थियो, विश्लेषणको जवाफदेहिता त हामीमा नै रहन्छ, त्यसैले विश्लेषण राम्रोसँग गर्नुपर्ने हुन्छ नी ।’

उनले आईपीओ जारी गर्ने विषयमा देखिएका अप्ठ्यारालाई समाधान गर्दै जानुपर्नेमा आरोप लगाएर समस्या समाधान नहुने तर्क गरेका छन् । साथै, उनले पुँजीबजारमा जस्तापनि कम्पनी आएका छन् भन्ने भाष्यलाई हल गर्न प्रारम्भिक बजारमा आउने कम्पनीमाथि राम्रो अध्ययन गर्ने कोसिस आफूहरूले गरेको बताए ।

जस्तो पनि कम्पनी आईपीओमा आयो भन्ने छ नी, दोस्रो बजारमा गलत क्रियाकलाप, म्यानुपुलेसनहरू हुन्छन् नी, त्यसलाई नियन्त्रण, नियमन गर्नुपर्ने जिम्मेबारी छ नै’, उनी भन्छन्, ‘प्रारम्भिक बजारबाटै पछि आउने यस्ता समस्यालाई सम्बोधन गर्नुपर्छ भन्ने मेरो सोच हो, आईपीओमा आउने कम्पनीहरूमा लेखाजोखा बढी गर्नुपर्यो, विश्लेषण बढी गर्नुपर्यो, नराम्रा भनौँ अथवा कमजोर खालका कम्पनीहरूलाई पहिलो ढोकामै बन्द गर्यो भने त दोस्रो बजारमा जान पाउने अवस्था नै आउँदैन नी ।’

उनले लगानीकर्ताको हित संरक्षणलाई केन्द्रमा राखेर आफूहरूले काम गरिरहेको समेत उनको भनाइ छ ।

‘पुँजीबजारलाई अलिकति दिगो र दरिलो बनाउन, यहाँ भएको बिकृतिलाई निर्मुल पार्नलाई हामीहरूले केही कदम चाल्ुनपर्ने आवश्यकता छ, नीति नियमलाई अपडेट बनाउँदै सुदृढ गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ’, उनले भने । 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : २३ बजे

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ