छनौट कार्यविधिका आधारमा योजना बाँडफाँड हुन्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

छनौट कार्यविधिका आधारमा योजना बाँडफाँड हुन्छ : मुख्यमन्त्री कँडेल


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना छनौट कार्यविधि अनुसार नै योजनाको बाँडफाँड हुने बताएका छन् । 

सुर्खेतको वीरेन्द्रगरमा आयोजित प्रदेश समन्वय परिषद बैठकलाई मुख्यमन्त्री कँडेलले सरकारले तजविजीको आधारमा बजेट बाँड्ने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणाली समेत व्यवस्थित हुने बताएका हुन् । 

मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठ्न थालेपछी चालू आर्थिक वर्षबाट आयोजना छनौट गर्न कार्यविधि बनाएको र योजना छनौटमा पक्षधरता वा झस्केलाबाट जान्छन् भन्ने विषयलाई  समाप्त गर्ने अभियानमा सरकार लागिरहेको बताए ।

 ‘बजेट पारित गर्ने निकाय प्रदेश सभा हो । प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ,’ उनले भने, ‘सरकारले तजविजीका आधारमा बजेट बाँड्ने काम गर्दैन । प्रदेशसभाबाट पारित कार्यक्रममात्र कार्यान्वयन गर्छ । ’
 
स्थानीय तहबाट योजनाको बारेमा प्रदेश सरकारलाई सुझाव दिदैँ आएपनि यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउमा बसेर पहिलो पटक आयोजनाबारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास शुरु भएको पनि उनले बताए ।

 ‘योजना जाने सबै स्थानीयस्तरमै हो, लाभान्वित हुने त्यही नै हो,’ उनले भने, ‘तपाईहरुलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढ्छ भने किन एक्लै हिँडनु ?’

आयोजना छनौट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै मुख्यमन्त्री कँडेलले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रुपमा विशिष्टीकृत गरिने बताए । 

‘प्रदेश स्थापना भएको ७ वर्षमा कतिपय राम्रा र महत्वपूर्ण कामहरू भएपनि  एक आधा कामका कारण आलोचना भइरहेको प्रति असनतुष्टी पोखे,’ उनले भने, ‘धेरै राम्रा कामको लेखाजोखा हुँदो रहेनछ, एकआध कामले गर्दा आलोचित भइँदो रहेछ  त्यसैले जनप्रतिनिधि सदैव इमानदार बन्नु पर्दछ ।’

स्थानीय तहलाई आफ्नो तहमा आम्दानी बढाउन योजना बनाउने काममा लाग्न उनले सुझाव दिए ।  

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : १४ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने