नेपाली सेनाको अन्नपूर्ण पदयात्रा मार्ग सरसफाइ अभियान, २९० किलो फोहोर संकलन « Khabarhub

नेपाली सेनाको अन्नपूर्ण पदयात्रा मार्ग सरसफाइ अभियान, २९० किलो फोहोर संकलन


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली सेनाको कृष्णदल गणको अगुवाईमा विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गको सरसफाइ अभियान सकिएको छ । वैशाख २१ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको ‘पदयात्रा मार्ग सरसफाइ अभियान’ अन्तर्गत करिब २ सय ९० किलो प्लास्टिकजन्य फोहोर संकलन गरिएको छ ।

पश्चिम पृतनाका पृतनापति उपरथी मधुकर सिंह कार्कीको अवधारणा र श्री नम्बर ३ वाहिनी अड्डाको निर्देशन अनुसार श्री कृष्णदल गण, फूलबारी ब्यारेकले यो अभियान सञ्चालन गरेको हो । अभियानको नेतृत्व श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीले गरेका थिए । 

सरसफाइ अभियान झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, सिनुवा, बाम्बो र देउराली जस्ता पर्यटकीय क्षेत्रहरूमा सञ्चालन गरिएको थियो । अभियानमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समूह, तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको नेपाली सेनाले जनाएको छ । 

अभियानको अन्तिम दिन संकलित फोहोर एक कार्यक्रमबीच सेनानी पुडासैनीले अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङको उपस्थितिमा एक्याप छोम्रोङका प्रमुख नेत्र शर्मालाई हस्तान्तरण गरे । 

पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन तथा पदयात्रीको सुरक्षालाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस अभियानको स्थानीय जनप्रतिनिधि, व्यवसायी, र सरोकारवालाले मुक्तकण्ठले प्रशंसा गरेको नेपाली सेनाको दाबी छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : ४९ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने