इजरायली अधिकारीले भने- विपिन जोशीसहित तीन जनाको ‘जीवनको संकेत प्राप्त भएन’ « Khabarhub

इजरायली अधिकारीले भने- विपिन जोशीसहित तीन जनाको ‘जीवनको संकेत प्राप्त भएन’


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीले जनाएका छन् । हाल हमासको नियन्त्रणमा रहेका विपिन जोशीसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हाल हमासको नियन्त्रणमा केबल २१ जना बन्धक रहेको बताएका थिए । यस्तो अवस्थामा विपिन जोशीसहित थाइ नागरिक पिन्टा नाट्टापोङ र एक जना इजरायली नागरिकको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीले उल्लेख गरेका छन् ।

उनीहरु जीवित रहेको विषय ‘गम्भीर शंकाको घेरामा’ रहेको उनको भनाइ छ । हमास इजयाल युद्ध शुरु भएको केही समयपछिदेखि ‘उनीहरुको जीवनको संकेत प्राप्त नभएको’ ती अधिकारीले दाबी गरेका छन् ।

त्यसयता बन्धकका परिवारलाई घटनाक्रमबारे जानकारी दिइरहेको उनको भनाइ छ । यद्यपि दुई विदेशी नागरिकको मृत्युको आधिकारिक घोषणा भने भइसकेको छैन ।

हमास र अन्य लडाकु समूहले ५९ जना बन्दी रिहा गर्न बाँकी छ । तीमध्ये ३५ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । यस्तो अवस्थामा २४ जना बन्धक अझै लडाकु समूहको नियन्त्रणमा रहेको हुनुपर्ने हो ।

तर, यसअघि बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग हाल केबल २१ जना बन्धक रहेको बताएका थिए । २४ मध्ये विपिन जोशीसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको ठानिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ८ : १७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण