उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी « Khabarhub

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन सङ्ग्रहालयमा आज अपराह्न आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यस अवसरमा उनलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा यहाँस्थित युरोपेली मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले स्वागत गरेका थिए ।

त्यस अवसरमा रावदूत लरेन्जोले युरोपेली सङ्घमा आबद्ध देशहरुको नेपालसँग सुमधुर सम्बन्ध रहेको चर्चा गर्र्दै शान्तिका लागि नेपाल बलियो आवाज बनेको बताए ।

नेपाललाई युरोपेली सङ्घको उच्च प्राथमिकता प्राप्त विश्वसनीय साझेदारका रुपमा प्रस्तुत गर्दै उनले हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर ‘टिम युरोप दृष्टिकोण’अन्तर्गत मेलमिलाप र स्थायी शान्तिको भावनामा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने नेपालको प्रयासमा युरोपेली सङ्घको साथ तथा सहयोग रहने बताए ।

हामी जलवायु सङ्कट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि सङ्घले नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै राजदूत लरेन्जोले समृद्धिको चुनौतीपूर्ण यात्रामा रहेको नेपाललाई अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुन, आर्थिक वृद्धिलाई बढाउन तथा लगानी आकर्षित गर्न सघाउने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ८ : ४७ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने