जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटकाे आशंका « Khabarhub

जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटकाे आशंका


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’भएको छ । जम्मुमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसी हिन्दीका अनुसार जम्मु कश्मिरमा साइरनको आवाज ‘विष्फोट’को आवाज आएको छ । भारतका सैनिक प्रवक्ताले श्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएको सीएनएनले लेखेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

यस्तै भारतले भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थिय हवाई अड्डामा पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको छ ।

भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन । यसअघि बुधबार पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको थियो ।

यसअघि एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिमा ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही गरेको थियो ।

उक्त कारबाहीका क्रममा एक सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका थिए ।

याे पनि…

पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ९ : ५८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका