पाकिस्तानसँग युद्ध बढ्न थालेपछि रोकियो आईपीएलको खेल, दर्शक र खेलाडी रंगशालाबाट निकालियो « Khabarhub

पाकिस्तानसँग युद्ध बढ्न थालेपछि रोकियो आईपीएलको खेल, दर्शक र खेलाडी रंगशालाबाट निकालियो


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारत र पाकिस्तानबीच जारी सैन्य तनाव बढ्न थालेपछि धर्मशालामा बिहीबार राति खेलिँदै गरेको पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिएको छ।

बिहीबार राति ९स्२९ बजे मैदानका फ्लडलाइट बन्द गरिएको छ । त्यसपछि खेलाडी र दर्शकहरूलाई मैदानबाट बाहिर निकालिएको छ। खेल भइरहँदा भारतको पञ्जाबस्थित पठानकोट एयर बेसमा ड्रोन आक्रमण भएको छ ।

पाकिस्तानबाट ड्रोन आक्रमण तीव्र भएपछि हिमाचलको धर्मशालाको एचपीसीए मैदानमा भइरहेको पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सको खेल रोकिएको हो। मैदानका सबै फ्लडलाइटहरू बन्द गरिएका छन् र सबै समर्थकहरूलाई अहिले धमाधम बाहिर निकालिँदैछ। आज आईपीएल २०२५ को ५८औं खेल पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो।

यस खेलमा दिल्लीले प्लेअफको दौडमा टिकिरहन जित हासिल गर्नु अनिवार्य थियो । पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टी नटराजनले पञ्जाबलाई पहिलो झटका दिएका थिए। उनले प्रियांश आर्यालाई आउट गरेका थिए। आर्या ३४ बलमा ७० रन बनाएर आउट भए। क्रिजमा कप्तान श्रेयस अय्यर र उनलाई साथ दिइरहेका प्रभसिमरन सिंहले ब्याटिङ गरिरहेका बेला खेल रोकिएको हो ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको बदला लिन भन्दै भारतीय सेनाले पाकिस्तानका ९ स्थानमा मंगलबार राति आक्रमण गरेको थियो । त्यसपछि दुई देशबीच युद्ध चर्किन थालेको छ । बिहीबार आईपीएल खेलअघि बीसीसीआईले सम्मान समारोह आयोजना गरेको थियो। कार्यक्रममा प्रसिद्ध गायक बी प्राकले देशभक्तिपूर्ण गीत गाएर भारतीय सेनाको मनोबल बढाएका थिए ।

याे पनि…

जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटको आशंका

भारत–पाकिस्तानबीच हानाहान जारी, विहीबार के के भयो ?

पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १० : १६ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर