गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने सभापति देउवाको विश्वास | Khabarhub Khabarhub

गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने सभापति देउवाको विश्वास


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने बताएका छन् ।

बूढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै टुंगिने बताएका हुन् ।

बैठकमा नेताहरूले गभर्नर नियुक्तिको विषयमा चासो राखेपछि सभापति देउवाले जवाफ दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार सभापति देउवाले व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्व जाओस् भन्ने आफूले चाहेका छन् ।

व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्व गए मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सहज हुने देउवाको आशय थियो । जसका लागि सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधनमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमा निर्णय हुने उनको भनाइ थियो ।

‘राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पनि निकै ढिला भएको छ भन्ने कुरा चासो त्यहाँ प्रकट भयो । सभापतिज्यूले चाडै टुंगिने र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यवसायिक व्यक्तिको हातमा जानु पर्‍यो । जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको अब चाडो निर्णय हुन्छ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा उहाँले राख्नुभएको छ,’ प्रवक्ता महतले भने ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ३२ बजे

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।

बल्बी खोलाको बाढीले बगाउँदा बालिकाको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको

देबार खोलामा बालिकाको शव फेला

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–स्थित देबार खोलामा एक बालिकाको शव

आजका समाचार : प्रचण्ड र जनार्दनबीच टकराव बढ्दै, बेइजिङमा भेट्दै ओली, किम र पुटिन र ट्रम्पको ‘ट्यारिफ’पछि भारतीय उद्योगी नेपालतिर

चीन जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले