नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप « Khabarhub

नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदानका लागि ‘ह्वीप’ जारी गरेको छ । 

एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार दलका सांसदहरूलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ‘ह्वीप’ लगाएका हुन् ।

‘सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ,’ बर्तौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ३७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका