राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस् « Khabarhub

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्न सुझाव दिएका छन् ।

सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले शुक्रबार राजा खोजेर समय बर्बाद नगर्न राजावादीलाई सुझाव दिएका हुन् । 

‘तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु ? राजा–राजा भन्या छ, अब निद्रा नि नपर्ला जस्तो भइसक्यो,’ सांसद बाँस्कोटाले भने, ‘आउँदैन हजुर त्यो । त्यतातिर कोसिसै नगर्नुस् । यो पनि समयको बर्बादी हो के । त्यता नजाऔँ ।’   

उनले राजसंस्थाको वकालत गर्दै आएको प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आगामी निर्वाचनमा बहुमत ल्याउने कोसिस गर्न पनि सुझाव दिए । 

‘यहाँ केही साथीहरू व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ । सरकार संविधान नै संशोधन गर्छु भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ?,’ सांसद बाँस्कोटाले प्रश्न गर्दै सुझाए, ‘अब यहीँ भित्रबाट पुग्छ दुईतिहाइ ? पुग्दैन होला । अर्को चुनावमा कोसिस गर्नुहोस्, बहुमत ल्याउनुहोस ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : १० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा