लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा | Khabarhub Khabarhub

लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर सरकारले संसद्मा पेस गरेको वार्षिक नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले लोकतान्त्रिक पद्धति अवलम्बन गरेर परिमार्जन गर्न सक्ने विधि अनुशरण गर्न सक्नु पर्नेमा जोड दिइन् ।

सांसद शर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रम अमूर्त, अस्पष्ट र दिशाहीन भएको पनि टिप्पणी गरिन् । उनले माओवादी केन्द्र नेतृत्वको पूर्ववर्ती सरकारले अगाडि बढाएका राम्रा काम खारेज गरेको आरोप लगाइन् । 

‘नीति कार्यक्रम सुन्दै, पढ्दै गर्दा अलि बढी अमूर्त, अस्पष्ट, दिशानिर्देश नभएको, विगतको समीक्षा नगरिएको, विगतको सरकारले अगाडि बढाएका राम्रा सबै काम खारेज गरेको महसुस भएको छ,’ शर्माले भनिन् ।  

उनले समाजवादको आधार तय गर्न संविधानमा उल्लेख गरिएका विषयहरूमा सरकारको नीति तथा कार्यक्रम मौन रहेको पनि बताइन् । ‘संविधानमा उल्लेखित विषयहरू जसको कार्यान्वयनबाट समाजवादको आधार तय हुन्थ्यो, ती विषयहरूमा नीति कार्यक्रम मौन छ,’ सांसद शर्माले भनिन्, ‘उत्पीडित समुदायको पक्षमा सरकार उभिन सकेको छैन ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ०५ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा