यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन « Khabarhub

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा ६० करोड ९० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ४५ करोड ७५ लाख ७३ हजार रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट  सात हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । 

त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १० लाख ५६ हजार रुपैयाँ, रुटपरमिट, प्रदूषण, पटके अन्य देशका सवारीबाट उठाइएको बाट ९० लाख ७८ हजार रुपैयाँ तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १२ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ । 

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा ५६ करोड २८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा चार करोड ६१ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । 

कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम एक लाख १९ हजार रुपैयाँ रहेको थियो ।
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ४० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा