लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति  « Khabarhub

लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति 


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेकोले यी मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै यसको संरक्षण, प्रवर्द्धन एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले कानून दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । 
‘कानुन दिवसको आजको यस दिनले न्याय र कानूनको क्षेत्रमा आवद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराई रहनेछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने । 

उनले राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रूपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरूप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको धारणा व्यक्त गरे । 

उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्दाको शीघ्र व्यवस्थापनमात्रै छिटोछरितो न्याय सम्पादन, विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयिकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ०० बजे

‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा, मुख्यमन्त्रीले भोलि उद्घाटन गर्ने

कैलाली- ‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा भएको छ ।

जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी

अझै तंग्रिन सकेका छैनन् ओली, अध्यक्षबाट तत्कालै बिदा गर्न पुगेन नेताहरूको बल

काठमाडौं- फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा

६ वर्षमा शून्य उपलब्धि, पानीजहाज कार्यालयमा कर्मचारी तलबमै झण्डै २ करोड खर्च

काठमाडौं- ६ वर्षअघि ठूलो महत्वाकांक्षा सहित स्थापना गरिएको नेपाल पानीजहाज

देउवाले विश्वास गरेका उमेशलाई नै गगनले कांग्रेस कोषध्यक्षमा दोहोर्‍याए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका