रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश | Khabarhub Khabarhub

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश दिएको छ । अदालतले सर्वसाधरणको लागि जारी गर्न लागेको साधारण शेयर (आइपीओ) रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश बिहीबार दिएको हो ।

नेपाल धितोपत्र बोर्डले अर्को निर्णय नहुञ्जेल आइपीओको प्रक्रिया रोक्न बिक्री प्रबन्धक आइएमई क्यापिटललाई दिएको आदेशविरुद्ध मिल्स वैशाख ११ गते अदातल गएको थियो ।

यो पनि हेर्नुहोस् : आईपीओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सका वित्तीय विवरणमा गडबडी, सञ्चालकलाई हुन सक्छ २ वर्ष कैद

रिलायन्सले नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार, नेपाल धितोपत्र बोर्ड, बोर्डको संचालक समिति, र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दा उपर गत वैशाख १४ गते न्यायाधीश लालबहादुर कुँवरले कारण देखाऊ आदेश जारी गरेका थिए । वैशाख २४ गते बिहीबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यले रिलायन्सको पक्षमा ‘पत्र कार्यान्वयन नगर्नू नगराउनू’ भन्दै अन्तरिम आदेश जारी गरेका हुन् ।

यो पनि हेर्नुहोस् : रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज 

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत हुन आउने १९ करोड २६ लाख ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न खोजेको हो । सर्वसाधारणमा जारी गर्ने ११ लाख ५५ हजार ९६० कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि आवेदन दिन पाइनेछ । जसमा न्यूनतम आईपीओ भर्न पनि ४१ हजार ४० रुपैयाँ चाहिन्छ । यो हिसाब गर्दा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नेपालको पूँजीबजार इतिहासकै महँगो आईपीओ हो ।

यो पनि हेर्नुहोस् : रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्च अदालतको अन्तरिम आदेश

आईपीओ प्रकरणमा रिलायन्सको तर्क : सेबोनले अद्यावधिक नगर्दा विवरण तलमाथि

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : ३३ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल