'पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ' | Khabarhub Khabarhub

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।

भारतसँगको बढ्दो पछिल्लो तनावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सचेत रहेको जनाएको हो ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

परराष्ट्र मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परे नेपाली विद्यार्थी र विद्यार्थीका अभिभावकले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्नसक्ने पनि व्यवस्था मिलाएको छ ।

मन्त्रालयले उनीहरूको सहजताका लागि नेपाली राजदूतासका तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदसँग टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : ४९ बजे

यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अब कहिले हुन्छन् आईपीएलका बाँकी खेल ?

सीमामा भारत र पाकिस्तानको द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)

युद्ध विराम उल्लङ्घनको आरोप-प्रत्यारोपमा भारत-पाकिस्तान

नयाँदिल्ली – भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख