संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य « Khabarhub

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदा र स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को आज उद्‌घाटन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताए । 

‘घुम्न जाऔँ बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ जस्ता कार्यक्रम यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको जानकारी दिए ।
 
यसैगरी, मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै समाजमा बढ्दो अराजकताको अन्त्यका लागि असल संस्कार, संस्कृति र मूल्यमान्यताहरूको जगेर्ना गर्नुपर्ने खाँचो औँल्याए ।   
 
‘मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको हामीले धर्म, नैतिकता र संस्कृति भुल्यौँ । यिनै कारणले आजका युवाहरू अराजकतातिर धकेलिएका छन्,’ मुख्यमन्त्री आचार्यले भने, ‘हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यसैलाई आत्मसात् गरी प्रदेश सरकारले यी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।’
 
मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रदर्शनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखे । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उहाँले प्रदेशअन्तर्गतका जिल्लाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व दर्शाउँदै रुरुक्षेत्रको रामग्रामलाई विश्वजगत्मा पुर्‍याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पारे ।

उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाणिनि ऋषिको जन्मस्थलसहित संस्कृत व्याकरण लेखनस्थान पाणिनि तपोभूमिलगायत प्रदेशभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एकापसमा जोड्ने गरी बृहत् योजना अघि बढाएको जानकारी दिए ।

नेपालका चार प्रमुख धार्मिक धामहरूमध्येको रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ का अवसरमा पर्यटन डिभिजन कार्यालय रूपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।
 
ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसहित पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । विविध धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रमहरू समावेश गरिएको सो महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : २३ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको