सरकार यही तरिकाले अघि बढे समृद्धिको सपना तुहिन्छः डा. भट्टराई | Khabarhub Khabarhub

सरकार यही तरिकाले अघि बढे समृद्धिको सपना तुहिन्छः डा. भट्टराई


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म संविधान दिवसको सार्थकता नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम बैठकलाई बिहीबार दलको तर्फबाट भनाइ राख्दै डा. भट्टराईले दुई तिहाईको सरकारले संविधान दिवसमा दीपावली गरे पनि विरोध नरोकिने बताएका हुन् ।

उनले संविधान आउनुपूर्व आन्दोलनरत शक्तिबीच भएको शक्ति र सामर्थ्यको आधारमा राज्य पुनरसंरचना गर्ने सहमतिअनुरुपका काम पूरा नहुँदासम्म द्वीप प्रज्वलन गर्ने र कालो दिवस मनाउने दुईथरी आवाज उठिरहने बताए ।

अध्यक्ष डा. भट्टराईले घुमाउरो तरिकाले अहिलेको संघीय संरचनाप्रति नै असन्तुष्ट व्यक्त गरे । अहिलेकै तरिकाबाट सरकार र दलहरु अगाडि बढे विकास र समृद्धिको सपना तुहिएर जाने उनको तर्क थियो ।

तेस्रो विश्वबाट अतिविकसित मुलुकको सूचीमा पुगेको सिंगापुरबाट नेपालले धेरै सिक्ने सक्ने बताउँदै बुद्धि बिगारे अफगानिस्तानको हालतमा देश पुग्न सक्नेतर्फ नेता भट्टराईले सरकारलाई सचेत गराएका थिए ।

सरकारकै गलत निर्णयकै कारण पञ्चायतमा झैं संविधान दिवस मनाउन फरमान जारी गर्नुपर्ने विचित्र स्थिति आएको नेता भट्टराईको धारणा थियो ।

उनले देशको कूल पूँजी २/३ सय ठूला व्यापारी परिवारको हातमा केन्द्रीत रहेको भन्दै सरकारको अर्थनीतिले यसलाई झनै प्रश्रय दिएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : ४७ बजे

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, हजार बढी घाइते

काठमाडौं – जेनजीहरुको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले