जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह « Khabarhub

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको छ । पाकिस्तानले आज पनि आक्रमण गर्ने जोखिमलाई ध्यानमा राख्दै कश्मिरमा ‘ब्ल्याकआउट’ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहका अनुसार शहरभर साइरनको आवाज सुनिएको छ । उनले सामाजिक सञ्जालमा लखेको छन्, ‘आज पनि जम्मुमा ब्ल्याकआउट गरिएको छ । साइरनको आवाज पनि शहरभरि सुन्न सकिन्छ । त्यहाँ मानिसहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।

बिहीबार राति पाकिस्तानले आक्रमण गरेपछि सिमाव्रती जिल्लाहरुमा ‘ब्ल्याकआउट’ गरिएको थियो । पाकिस्तानले आज पनि ड्रोन आक्रमण गरिरहेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

शुक्रबार साँझ पनि जम्मु, पठानकोट, अमृत शहर लगायतका क्षेत्रको आकाशमा पाकिस्तानी ड्रोन देखिएको समाचारमा उल्लेख छ ।

गत अप्रिल २२ का दिन भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जना पर्यटकको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानविरुद्ध अपरेशन सिन्दूर चलाएको थियो । जसअनुसार उसले बुधबार सबेरै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ९ स्थानलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । त्यसपछि दुई देशबीच तनाव चुलिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : ३६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार