फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते « Khabarhub

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा एक जना महिला र दुई पुरुष रहेको भारतीय प्रहरीले जनाएको छ । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ ।

भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ । जम्मू कश्मिर अहिले गोलाबारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आकाशमा ड्रोनहरु देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।

जम्मू कश्मिरसँगै पठानकोट,अमृतसर, फिरोजपुर, उरीक्षेत्र, साम्बा लगायतका क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको छ । यी क्षेत्रहरुमा ‘ब्ल्याकआउट’ गरिएको छ । भने साइरन बजाएर नागरिकलाई घरबाहिर नस्किन आग्रह गरिएको छ ।

बिहीबार पनि दुई देशबीच गोलाबारी भएको थियो ।

याे पनि…

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ४८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर