पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो « Khabarhub

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सोही जिल्लाको सुलिकोट गाउँपालिका–८ स्थित गैरीछाप बस्ने २३ बर्षिय आयुष गुरुङ्गको शब सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।

उनीसँगै गएका गोरखा नगरपालिका–९ लक्ष्मीबजार बस्ने २३ वर्षिय राश्विन कुँवर, बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछाप बस्ने २३ वर्षिय विश्व गुरुङ्ग र खोटाङ्ग जिल्लाको ऐसेलुखर्क गाउँपालिका–७ बस्ने २९ वर्षिय हिमराज राई भने सकुशल रहेका छन् ।

पौडी खेल्ने क्रममा आयुष गुरुङ्ग बेपत्ता भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव निकालेको थियो । उनीहरु बैदेशिक रोजगारको लागि काठमाडौ आई भ्रमणको लागि गोरखाको लिगलिगकोट गएको बताईएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : ०३ बजे

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर