५ अर्ब ९६ करोड बढी आम्दानी गर्ने नागरिक उडड्यन प्राधिकरणको लक्ष्य « Khabarhub

५ अर्ब ९६ करोड बढी आम्दानी गर्ने नागरिक उडड्यन प्राधिकरणको लक्ष्य


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको बिहीबार काठमाडौंमा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको हो ।

कूल ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्व ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्व ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

प्राधिकरणले ६ अर्ब ३९ करोड रुपैयाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ । त्यसैगरी अन्तराष्ट्रिय विमानस्थलहरुको विकासका लागि करिव २२ अर्व ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले बताए ।

प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाकृत भन्दा बढी आम्दानी भएको पनि जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ७ : १५ बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने