बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा | Khabarhub Khabarhub

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह-२०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा यही वैशाख २९ गते मूल समारोहको उद्घाटन गरिने विकास कोषले पत्रकार सम्मेलनमार्फत आज जानकारी दिएको हो ।

“लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा मूल समारोहको आयोजना हुनेछ”, कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, “वैशाख २८, २९ र ३० गतेका दिन विशेष कार्यक्रम गरी सो समारोह मनाउन लागिएकोे हो ।”

सो अवसरमा भोलि साँझ मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ, वैशाख २९ गते बिहान ६ बजे मायादेवी मन्दिर परिसरमा प्रार्थनासभा तथा बिहान ७ बजेदेखि कोषको ५ नं गेटबाट विशेष शोभायात्रा गरिने उहाँले जानकारी दिए ।

बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्थिधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान र देवदहमा स्थानीय तहको समन्वयमा विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइने कोषाध्यक्ष ढुण्डीराज भट्टराइले बताए । उनले भने, “सो अवसरमा लुम्बिनी क्षेत्रको सरसफाइ, दिप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, शान्ति ध्यान र प्रसूति उत्सव आयोजना हुनेछन् ।”

बुद्धको ज्ञानको महत्त्व दर्शाउन देवदह, रामग्राम र कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रबासीलाई वैशाख २९ गते साँझ दीप प्रज्वलन गर्न र बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्सेनि हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा अर्थात नवजात शिशु राजकुमार सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट लाने कार्यक्रममा सरिक हुन भट्टराइले आग्रह गरे ।

करिब रु एक करोड बजेट खर्च हुने अनुमान गरिएको २५६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, सङ्घीय तथा प्रदेश मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिका र विदेशी पाहुनाको समेत सहभागिता रहने कोषले जनाएको छ ।

बुद्धजयन्ती एवं लुम्बिनी दिवसलाई विश्व शान्तिको सन्देश फैलाउने अवसरका रूपमा उपयोग गरिने योजना रहेको भन्दै लुम्बिनीमा हुने समारोहले नेपाललाई विश्व शान्तिको केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको कोषका उपाध्याक्ष ल्यारक्याल लामाले बताए । उनले भने, “आपसी द्वन्द्व, रोग, भोक र शोकले ग्रस्त यो संसारमा बुद्ध दर्शनको विकल्प छैन ।”

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ९ : २७ बजे

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

अमरगढी– विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै

प्रकाशशरणले भने- पुराना दलप्रति जनता निराश छन्, ०८४ मा कांग्रेसलाई गाह्रो पर्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै

खल्बलिँदै बजेट चक्र, धरापमा आवधिक लक्ष्य

काठमाडौँ – सामान्य आर्थिक हैसियतको निम्नमध्यमवर्गीय एउटा परिवारले दैनिक, मासिक

रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ

रौटहट– सशस्त्र प्रहरी बल नेपालले लागूऔषधको कारोबारमा संलग्न दुई युवालाई

कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुन नदिने के छ रणनीति ?

सुर्खेत– कर्णाली प्रदेशका प्रमुख राजमार्गलाई बर्सात समयमा अवरुद्ध हुन नदिनका