रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान « Khabarhub

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि आह्वान गरेका छन्। उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुनेसमेत बताएका छन्।

‘हामी गम्भीर वार्ता गर्न चाहन्छौँ। अहिलेको द्वन्द्वको जरो पहिचान गरेर स्थायी शान्तिको बाटोमा जान चाहन्छौँ,’ शनिबार टेलिभिजन सम्बोधनमा पुटिनले भने।

बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो। यसपछि मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै यो सोचनीय विषय भए पनि अनावश्यक दबाब उपयुक्त नहुने चेतावनी दिएको थियो।

पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताए। उनले स्थायी समाधान निकाल्नका लागि टर्कीको इस्तानबुलमा वार्ता उपयुक्त हुने बताएका छन्। पुटिनले यसको बारे आइतबार टर्कीका राष्ट्रपति रेकेब तैयाब अर्डोगानसँग पनि सल्लाह गर्ने छन्। यो विषयमा युक्रेनको भने प्रतिक्रिया आइसकेको छैन।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : ३१ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण