संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड भने धरानमा छन् ।

सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलको नेता प्रतिनिधिसभा बैठकमा उपस्थित हुने परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री ओली र प्रचण्डबीच भने यस अगाडिदेखि नै संसदमा एक अर्काले सम्बोधन गर्दा सदनमा उपस्थित नहुने अवस्था छ ।

प्रचण्ड हिजो पाँचथरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर आज धरान आइपुगेका हुन् । उनी धरानको किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा अहिले बोलिरहेका छ्न । प्रचण्डको सचिवालयका अनुसार उनी आजै काठमाडौं फर्केर भोलि पुन सुर्खेत जाँदैछन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : १९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित