राजतन्त्रमा मलाई फ्रिमा ४ वर्ष थुने : प्रधानमन्त्री ओली « Khabarhub

राजतन्त्रमा मलाई फ्रिमा ४ वर्ष थुने : प्रधानमन्त्री ओली


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ४ वर्ष अनावश्यक थुनामा राखेको बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिँदै उनले १० वर्षमा मुद्दा सकिएको भएपनि थप ४ वर्ष अनावश्यक थुनेको बताएका हुन् ।

‘१० वर्षमा मुद्दा सकियो तर थप ४ वर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले भने । उनले गत १५ चैतमा भएको राजावादी आन्दोलनको नेतृत्व र त्यसको जिम्मेवारी लिन कोही अघि नआएको पनि उनले बताए ।

‘चैत १५ गतेको आन्दोलनको नेतृत्व बेवारिस भएको छ, तपाईँ हो नेतृत्वकर्ता हो भन्दा होइन, अहिले म होइन, म होइन भन्छन्,’ उनले भने, ‘के दिक्क लाग्यो भनेर जडिबुटीले आफैँ आगो लगाएर आत्महत्या गरेको हो ?’

उनले केही दिनअघि राजावादीको भेलामा ‘राजासँग नमिले भाग्ने दिन आउँछ’ भन्ने भनाइप्रति पनि टिप्पणी गरेका छन् । ‘जनताले यसअघि नै फालेको प्रतिगामीहरूलाई ल्याउनका लागि राजासँग नमिले भाग्नु पर्छ भन्ने अभिव्यक्ति सुनेँ, म त पाको भएँ, कहाँ भाग्न सक्छु र ? नेपाली जनतालाई ललकार्ने नेपाली जनता भाग्दैन, भाग्दै भाग्दैन । हामी पाका मान्छे कहाँ भाग्ने ? भाग्न त तपाईँ युवाहरु सक्नुहुन्छ, हामी बुढापाका भाग्न सक्दैनौँ, हामी भाग्दैनौँ ।’

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : २५ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको