राजतन्त्रमा मलाई फ्रिमा ४ वर्ष थुने : प्रधानमन्त्री ओली « Khabarhub

राजतन्त्रमा मलाई फ्रिमा ४ वर्ष थुने : प्रधानमन्त्री ओली


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ४ वर्ष अनावश्यक थुनामा राखेको बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिँदै उनले १० वर्षमा मुद्दा सकिएको भएपनि थप ४ वर्ष अनावश्यक थुनेको बताएका हुन् ।

‘१० वर्षमा मुद्दा सकियो तर थप ४ वर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले भने । उनले गत १५ चैतमा भएको राजावादी आन्दोलनको नेतृत्व र त्यसको जिम्मेवारी लिन कोही अघि नआएको पनि उनले बताए ।

‘चैत १५ गतेको आन्दोलनको नेतृत्व बेवारिस भएको छ, तपाईँ हो नेतृत्वकर्ता हो भन्दा होइन, अहिले म होइन, म होइन भन्छन्,’ उनले भने, ‘के दिक्क लाग्यो भनेर जडिबुटीले आफैँ आगो लगाएर आत्महत्या गरेको हो ?’

उनले केही दिनअघि राजावादीको भेलामा ‘राजासँग नमिले भाग्ने दिन आउँछ’ भन्ने भनाइप्रति पनि टिप्पणी गरेका छन् । ‘जनताले यसअघि नै फालेको प्रतिगामीहरूलाई ल्याउनका लागि राजासँग नमिले भाग्नु पर्छ भन्ने अभिव्यक्ति सुनेँ, म त पाको भएँ, कहाँ भाग्न सक्छु र ? नेपाली जनतालाई ललकार्ने नेपाली जनता भाग्दैन, भाग्दै भाग्दैन । हामी पाका मान्छे कहाँ भाग्ने ? भाग्न त तपाईँ युवाहरु सक्नुहुन्छ, हामी बुढापाका भाग्न सक्दैनौँ, हामी भाग्दैनौँ ।’

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : २५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको